काठमाडौँ। बैंकिङ कसुर मुद्दामा व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन् । शंकर ग्रुपका अध्यक्ष अग्रवाललाई बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अग्रवाललाई बुधबार डिल्लीबजारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।
यसअघि पनि उनी २०८२ चैतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।

