सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला, न्यूनतम मूल्य ११० रुपैयाँ

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले ४० हजार कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ। लिलामी आजदेखि सुरु भई जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ।

यस लिलामीमा बैंकका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि सहभागिता जनाउन सक्नेछन् । इच्छुक व्यक्तिहरूले न्यूनतम ११० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गर्दै गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

लिलामी सेयरको आवेदन सिटिजन्स क्यापिटल, बाटुलेघर डिल्लीबजार काठमाडौंमा बुझाउनुपर्नेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्