DISH HOME

‘बैंकर्सको समस्यामा सरकारको ध्यान जानुपर्छ’

काठमाडौँ।  पूर्व अर्थमन्त्री जनार्दन शर्माले बैंकर्सको समस्यामा सरकारको ध्यान जानुपर्ने बताएका छन्। उनले अहिले बैंकबाट ऋण लिन सक्ने अवस्था नरहेकोले सरकारले यस विषयमा ध्यान दिन आवश्यक रहेको बताएका हुन्। 

हालको आर्थिक अवस्थाबारे चिन्ता व्यक्त गर्दै निजी क्षेत्र र बैंकर्सको समस्यामा सरकारको ध्यान जानुपर्ने उनको भनाइ छ । शर्माले निजी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण हिस्सा मान्दै बजेटले उत्साहित गर्नु सकारात्मक रहेको बताएका छन्।

तर, उनले बजेटका केही नीतिगत पक्षमा आलोचना गर्दै संरचना र अर्थतन्त्रको विस्तारमा सुधारको आवश्यकता औंल्याएका छन् ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै