DISH HOME

बिना धितो ३ प्रतिशत ब्याजदरमा २० लाखसम्म ऋण दिने सरकारको घोषणा

काठमाडौँ।सरकारले बिना धितो ३ प्रतिशत ब्याजदरमा २० लाखसम्म ऋण दिने घोषणा गरेको छ। सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा दिने भएको हो ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्टार्टअप गर्नेलाई ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण ऋण दिने घोषणा गरेका हुन् ।

अर्थमन्त्री पौडेलले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा दिनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा ७३ करोड बजेट विनियोजन गरेको उल्लेख गरेका छन्।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै