prabhu

तत्कालीन देव: विकास बैंकका शाखा प्रबन्धकविरुद्ध मुद्दा दायर, १७ करोड बढी रकम हिनामिना गरेको आरोप

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तत्कालीन देव: विकास बैंकका शाखा प्रबन्धक समिर बुढाथोकीविरुद्ध १८ करोड ३ लाख ७२ हजार ८१८ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ । उक्त रकम हिनामिना गरेको आरोपमा विभागले मंगलबार उच्च अदालत तुलसीपुर दाङमा मुद्दा दायर गरेको हो ।

बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रकम हिनामिना गरेको सूचनाका आधारमा विभागले अनुसन्धान अघि बढाएको थियो । सम्पत्ति शुद्धीकरणको मुद्दामा समेत अनुसन्धान अघि बढाउँदा बुढाथोकी आबद्ध रहेको साबिक वेष्टर्न डेभलपमेन्ट बैंकको कोषमा रहेको रकम अन्य बैंकका कर्मचारीको समेत परिचयपत्र प्रयोग गरेर अपचलन गरेको पाइएपछि विभागले थप अनुसन्धान अघि बढाएको थियो ।

उनले सो रकम लुकाउनका लागि ३६ वटा कृत्रिमा खाता खोलेर आफैले सम्पूर्ण कर्जा रकमान्तर गर्ने लगायतका काम समेत गरेको अनुसन्धान बाट खुलेको थियो । कृत्रिम खातामा ट्रान्सफर गरेको र सो कर्जा सेवा शुल्क तिरेको समेत गरी उक्त बैंकको १८ करोड ३ लाख ७२ हजार ८१८ रुपैयाँ अपचलन गरेको देखिएको बताइएको छ ।

बुढाथोकीलाई सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ (संशोधन समेत) को दफा ३० को उपदफा (१) बमोजिम सजाय हुने विभागले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै