PRABHU BANK

जेठ महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर, कुन बैंकले कति दिँदै छन् ?

काठमाडौँ । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदर सार्वजनिक गर्दै वाणिज्य बैंकहरुले बैशाख महिनाको तुलनामा मुद्दती निक्षेपको ब्याजदर सामान्य घटाएका हुन् ।

बैशाखमा व्यक्तिगत मुद्दती निक्षेपमा औसतमा ७.१४ प्रतिशतविन्दुका दरले ब्याज दिइरहेका १९ बैंकहरूले, जेठ महिनामा भने औसतमा ७.०६ प्रतिशत विन्दुका दरले ब्याज दिने भएका छन् ।

बैशाख महिनाको तुलनामा जेठमा १९ बैंकहरूको औसत ब्याजदर ०.०७ प्रतिशतविन्दुले घटेको हो । संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि औसतमा ०.०७ प्रतिशतविन्दु घटेको छ । जेठ महिनामा ९ बैंकहरुले बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् ।

जेठ महिनामा ९ बैंकहरूले बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् । ब्याजदर स्थिर राख्ने बैंकहरूमा हिमालयन बैंक, प्रभु बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

एनएमबी बैंक, सिटिजन्स इनटरनेश्नल बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नबिल बैंक, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंक लगायत ८ बैंकहरूले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् भने एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंकले जेठ महिनाको तुलनामा ब्याजदर बढाएका छन् ।

यस्तै, एनआईसी एशियाले सबैभन्दा बढी व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ७.८ प्रतिशतका दरले ब्याज दिने छ भने नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.३९ प्रतिशतका दरले ब्याज दिने भएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै