काठमाडौँ । चेक बाउन्स मुद्दामा फरक अभियुक्त पक्राउ परेका छन् । शुक्रबार चेक अनादर मुद्वाका फरार अभियुक्त भीमदत्त नगरपालिका-६ ऐठपुर बस्ने जनक राज जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।
कञ्चनपुर जिल्ला अदालतको २०७९ चैत ९ गतेको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि कञ्चनपुर जिल्ला अदालतमा पेश गरिएकोमा तोकिएको कैद सजाय भुक्तानको लागि कारागार चलान गरिएको छ ।
यस्तै, कैलालीको गोदावरीबाट अर्का फरार प्रतिवादी पनि पक्राउ परेका छन । शुक्रबार चेक अनादर मुद्दामा ५ सय जरिवाना ठहर भएका गोदावरी नगरपालिका १ का ५९ वर्षीय चन्द्रदेब पन्त पक्राउ परेका हुन । उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो ।