काठमाडौँ । नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित ‘नबिल ढुक्क बचत खाता’ सञ्चचालनमा ल्याएको छ । यस खातामा आबद्ध हुने ग्राहकले प्राणघातक र आवधिक जीवन बीमा, दुर्घटना बीमा, औषधोपचार बीमा गर्न पाउने बैंकले जनाएको छ ।
त्यसैगरी यस खातामा आजीवन निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, एटीएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा पनि उक्त्त खातामा रहेको छ ।
त्यसै गरी पहिलो वर्षको लागि निःशुल्क लकर सुविधा डिम्याट तथा मेरो सेयरको सुविधा पाउन सकिने नबिल बैंकले जनाएको छ ।