काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले साउन महिनालाई लक्षित गर्दै विशेष अफर ‘मनाऔं साउन सिटिजन्ससँग’ सार्वजनिक गरेको छ। यो अफर विशेषगरी महिलालाई केन्द्रित गर्दै ल्याइएको बैंकले जनाएको छ।
अफरअन्तर्गत साउन महिनाभर हरेक सोमबार बैंकका जुनसुकै शाखामा खाता खोल्ने महिला ग्राहकहरूले विविध उपहार प्राप्त गर्न सक्नेछन्। साथै, खाता खोल्ने ग्राहकले पहिलो वर्षका लागि मोबाइल बैंकिङ र डेबिट कार्डको सेवा निःशुल्क प्रयोग गर्न पाउनेछन्।
त्यसैगरी, खातासँग सम्बन्धित लकर सेवा वा धरौटी योजनामा एक वर्षसम्म ५० प्रतिशतसम्म छुट प्रदान गरिनेछ।
बैंकका अनुसार साउन महिनामा खाता खोल्ने महिला ग्राहकहरूलाई सौभाग्य सामग्री उपहारस्वरूप प्रदान गरिनेछ। यो अफर सिटिजन्स बैंकका सबै शाखाहरूमा साउन महिनाभर लागू हुनेछ।