तस्विर आफैं बोल्छ : अनिल शाहको यस्तो शैली, प्रदेश सरकारका मन्त्रीसँग भेट्दा असभ्य पोज !

अनिल शाहज्यू, बस्ने तरिका पनि सिक्ने कि ?

शनिबार, २२ बैशाख २०७५    Banking Sansar



तस्विर आफैं बोल्छ : अनिल शाहको यस्तो शैली, प्रदेश सरकारका मन्त्रीसँग भेट्दा  असभ्य पोज !

बैंकिङ संसार  

धनगढी- नबिल बैंकका सिइओ अनिल केशरी शाह प्रदेश नम्बर ७ का आर्थिक मामिला मन्त्री झपट बोहरा सँगको भेटमा निकै असभ्य शैली प्रस्तुत गरेको प्रमाण बैंकिङ संसार डटकमले फेला पारेको छ । भेटमा अरुको बसाई शैली निकै सभ्य छ भने अनिल शाह खुट्टा बोकाएर बसेका छन् ।  सामान्यतया अग्रजका आगाडी यसरी बस्नु असभ्य मानिन्छ ।  

अनिल शाह यसरी बसेको तस्विर सामाजिक संजालमा भाइरल भएपछी प्रदेश नम्बर ७ का जनता आक्रोशित बनेका छन् । उनीहरुले अनिल शाहले आफ्नो बेइज्जत गरेको समेत आरोप लगाएका छन् ।  'अनिल शाह कसैका लागि ठुलो होला ।  तर हाम्रा लागि हाम्रो जनप्रतिनिधि ठुलो हो ।  हाम्रा जनप्रतिनिधिका अगाडी यसरी बस्नु उनको गल्ती हो  ।  उनलाई बस्ने तरिका सिकाउन आवश्यक छ ।' प्रदेश नम्बर ७ मा क्रियाशील एक व्यापारीले  बैंकिङ संसार डटकमसँग भने । 

यस विषयमा अनिल शाहसँग प्रतिक्रिया लिन खोज्दा उनको फोन उठेन । यसै पनि अनिल शाह निकै विवादित बैंकर हुन्  । राम्रो नतिजा नल्याएको भन्दै मेगा बैंकले उनको कार्यकाल थपेको थिएन भने राष्ट्र बैंकले उनलाई सेन्चुरी जान नदिएपछी उनी नबिल बैंक गएका थिए  । 


Tags : #Anil Shah

प्रतिकृया दिनुहोस