National

ग्राहकको मन जित्दै एनआईसी एशिया बैंक, प्रविधिमा छलाङै-छलाङ

Nic Asia Bank
बैंकिङ संसार । पछिल्लो समय नेपालमा प्रविधिले निकै फड्को मारेको छ । प्रविधिको प्रयोगसंगै धेरै क्षेत्रका कामहरु क्षणभरमै सकिन थालेका छन् । सोहि क्रममा प्रविधिको प्रयोग नेपाली बैंकिङ क्षेत्रमा पनि भरपुर भएको पाईन्छ । खाता खोल्न, होस्, पैसा पठाउन होस्, विभिन्न जानकारी लिनलगायतका काम प्रविधिको प्रयोगले क्षणभरमै सकिने हुनाले पनि आम मानिस, ग्राहकहरुलाई थप सहज भएको छ । त्यस्तै एक उदाहरण हो एनआईसी एशिया बैंक । सबै सर्वसाधारणको मन-मनमा रहन सफल भएको एनआईसी एशिया बैंक पनि प्रविधि प्रयोगको मामलामा पहिलो बैंक बन्न सफल भएको छ । र त एनआईसी एशिया बैंकले ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अघि सारेको छ ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारा बोकेको यो बैंकले मोबाइल बैंकिङ, वेबसाइट, इन्टरनेट बैंकिङ, आईसर्भ प्लेटफर्ममार्फत सेवा प्रदान गर्दै आएको छ । ग्राहकहरुले आफ्नो मोबाइलमार्फत नै विभिन्न जानकारीमूलक र वित्तीय कारोबार गरिरहेका छन् । बैंकले ग्राहकहरुको सेवा सुविधालाई ध्यानमा राखी कार्य गर्ने हुनाले बैंकप्रति धेरैको आकर्षण पनि रहेको छ । यस्तै एनआईसी एशिया बैंकको मोबाइल बैकिङको कुरा गर्दा, बैंकको उक्त एप सर्वाधिक डाउनलोड भएको छ । बैंकका अनुसार मोबाइल बैकिङ एप १२ लाख भन्दा बढी पटक डाउनलोड भएको छ । सबैभन्दा धेरै मोबाइल बैकिङ प्रयोगकर्ता भएको बैंकका रुपमासमेत एनआईसी एशियाले आफूलाई स्थापित गर्न सफल भएको छ ।
बैंकको मोबाइल बैंकिङ प्रयोग गर्ने सक्रिय प्रयोगकर्ताको संख्या ५ लाख ४० हजार बढी रहेको छ । दुई दर्जनभन्दा बढी सेवाहरु दिएर आम ग्राहकको मन जित्न सफल एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपमार्फत खाताको जानकारी दिने, स्टेटमेन्ट दिने, विभिन्न खातामा पैसा पठाउने, मुद्दती निक्षेप खोल्ने, बैंकका एटिएम र शाखाको स्थान थाहा पाउने, मोबाइल टपअप, अनलाइन टिकट, युटिलिटी बिल भुक्तानीका सेवाहरु दिँदै आइरहेको छ । केही बैंकहरुले नाम मात्रैको डिजिटल सुविधा दिईरहेका बेला एनआईसी एसिशयाले भने ग्राहकहरुका लागि डिजिटल कारोबारमा यति धेरै सुविधा दिएको छ कि धेरै कामका लागि तपाईले बैंक पुग्नैपर्ने बाध्यता छैन।
यस्तै ग्राहकहरुले सजिलै क्यूआर भुक्तानी, गुनासो सुनुवाई, आईपीओसमेत आवेदन दिन सक्छन् भने बैंकको ‘कस्टमर केयर’ मार्फत ग्राहकहरुले आफ्नो समस्याहरुको यथाशीघ्र समाधान र रिपोर्ट पनि गर्न सक्छन् । बैंकको मोबाइल बैंकिङ एपमा बैंकका उत्पादन र सेवाहरूबारे जानकारीमूलक सन्देशहरूसमेत उपलब्ध छन् । जसबाट ग्राहकहरुले जुनसुकै बेला पनि आफु आवश्यक परेको सामाग्री हेर्न सक्छन् । र त यति धेरै सुविधा एनआइसीमा हुँदाहुँदै अरु बैंकमा किन जाने भन्ने बुझाई ग्राहकमा रहेको छ । 
यति मात्रै होइन एनआईसी एशिया बैंकले नयाँ-नयाँ सुविधा थप्दै जाने क्रमलाई बढाएको छ । ग्राहकको संख्या बढ्दै जाँदा बैंकले नयाँ तथा भईरहेका ग्राहकहरुलाई अझै सहजका होस् भन्दै विभिन्न सेवा सुविधा ल्याउने क्रम बढाएको हो । जसबाट आम ग्राहकहरु पनि आकर्षित भएका छन् । यसैबीच बैंकले हालैमात्र ‘कार्डलेस विथड्रल’ सुविधा थपेको छ । सो सुविधा अन्तरगत ग्राहकले कार्डबिना नै एटीएमबाट नगद रकम झिक्न सक्ने छन् । यस्तै डिजिटल बैकिङ सेवालाई प्रोत्साहन गर्न एनआईसी एशियाले मोबाइल बैंकिङ, इन्टरनेट बैकिङलगायतका सेवाहरु ग्राहकलाई ५ वर्षसम्म निःशुल्क उपलब्ध गराउने अफरसमेत ल्याएको छ । बैंकका अनुसार २५ सयभन्दा बढी मर्चेन्टहरुसँग सम्झौता भएको छ जसबाट क्यूआर कोडमार्फत पेमेन्ट गर्दा २० देखि ५० प्रतिशतसम्म छुटको सुविधा पनि ग्राहकले लिन सक्नेछन् ।
बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने गरी ‘सेल्फ हेल्प’ बैंकिङको अभ्यासलाई आईसर्भ प्लेटफर्ममार्फत अघि बढाएको बैंकले ४ वटा विधाअन्तर्गत २० विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको छ । आईसर्भ सेवा नेपालको बैंकिङ क्षेत्रमा एनआईसी एशिया बैंकले पहिलो पटक ल्याएको सेवासमेत हो । बैंकका अनुसार आईसर्भभित्र मोबाइल बैंकिङ, ग्राहक सेवा, टेलर सेवा र कार्ड सेवा रहेका छन् । सोमार्फत ग्राहकहरुले नयाँ रजिस्ष्ट्रेसन गर्न, मोबाइल बैंकिङ ब्लक र अनब्लक गर्न सक्ने व्यवस्था रहेको छ । सो सेवा विधाभित्र ब्लानेन्स थाहा पाउने, चेकका लागि अनुरोध गर्ने, मेरो शेयर, सीआरएनका लागि अनुरोध गर्नेलगायतका ११ वटा सेवाहरु पाइन्छन् भने नगद तथा चेक डिपोजिट भौचरभर्न सकिनेलगायतका सेवाहरु ग्राहकले प्राप्त गर्न सक्नेछन् ।
यस्तै इन्टरनेट बैंकिङमासमेत अब्बल रहेको एनआईसी एशियाले ३० लाखभन्दा बढी ग्राहकलाई डिजिटल कारोबारमा अभ्यस्त बनाउन सफल भएको छ । ग्राहकलाई बढी भन्दा बढी डिजिटल सेवा दिएर ‘डिजिटल फष्ट बैंक’ बन्ने अठोट लिएको बैंकले इन्टरनेट बैंकिङमार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानीलगायतका सुविधाहरूको प्रदान गरिरहेको छ । साथै बैंकको वेबसाइट https://www.nicasiabank.com/ बाट अनलाइन खाता आवेदन, अनलाइन आईपीओ आवेदन Loan Benefit Calculator, EMI Calculator लगायत बैंकका अन्य सेवा सुविधाको जानकारी ग्राहकले प्राप्त गर्न सक्छन् । एनसेलका ग्राहकले एनआईसी एशियाका यी सेवाहरु डाटा नलिएर नै निः शुल्क चलाउन सक्छन् ।
डिजिटल पहिलो प्राथमिकता भन्ने बैंकले रणानीति नै अघि सारेको छ । एनआईसी एशियाले नेपालमा डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्ने, डिजिटल अर्थतन्त्र बनाउने नेपाल सरकार र नियामक नेपाल राष्ट्र बैंकको अभियानमा हरेक किसिमले प्रयास गरिरहेको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । बैंकले गत आर्थिक वर्षमा करिब २ अर्ब ८३ करोड भन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै