नक्कली गहना धितो राखी ऋण लिने शम्भु खत्री सहित छ जना पक्राउ, के छ पछिल्लो अपडेट ?

बिहिबार, २२ चैत २०७४    Banking Sansar



नक्कली गहना  धितो राखी  ऋण लिने शम्भु खत्री सहित छ जना पक्राउ, के छ पछिल्लो अपडेट ?

काठमाडौं - नक्कली सुनको गरगरहना धितो राखेर राष्ट्रिय वाणिज्य बैंकको बिर्तामोड र धुलाबारी शाखालाई २७ लाख २८ हजार रुपैयाँ ठगी गरेको थियो । उक्त ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेका छन् ।

ठगी गरेको आरोपमा पक्राउ पर्नेमा बिर्तामोड–५ की ३८ वर्षीय मिना देवी खड्का, मेचीनगर–७, ईट्टाभट्टाका ३५ वर्षीय शम्भु खत्री, बिर्तामोड–३ का ४३ वर्षीय राम कुमार तामाङ्ग, बिर्तामोड–५ का ४५ वर्षीय राजकुमार श्रेष्ठ, मेचीनगरपालिका–१२ का ४९ वर्षीय गणेश प्रधान र मेचीनगरपालिका–१० का ३३ वर्षीय प्रवेश अधिकारी  रहेका छन् ।


प्रतिकृया दिनुहोस