National

नेको इन्स्योरेन्सले नेपाल एसबीआई बैंकका खातावालाहरुको दुर्घटना र स्वास्थ्य बीमा गर्ने

 Nepal SBI Bank

सारांश
  • बैंकिङ्ग संसार 
काठमाडौं। नेको इन्स्योरेन्सले नेपाल एसबीआई बैंककाे खातावालाहरुको दुर्घटना बीमा र स्वास्थ्य बीमा गर्ने भएको छ ।
नेपाली बीमा बजारमा विगत २५ बर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्सले सेवा विस्तार गर्ने क्रममा नेपाल एसबीआई बैंकसँग खातावालाहरुको दुर्घटना बीमा र स्वास्थ्य बीमा गर्ने संझौता सम्पन्न गरेको हो ।
संझौतामा नेको इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का तथा नेपाल एसबीआई बैंकको तर्फ बाट बैंकका मुख्य ब्यापार प्रवर्धन अधिकृत छपिराज पन्तले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै