National

सेञ्चुरी बैंकले ३% अन्तरिम लाभांश बाँड्दै

 Century Bank

सारांश
  • बैंकिङ्ग संसार 
काठमाडौं – सेञ्चुरी बैंक लिमिटेडले ३ प्रतिशत अन्तरिम लाभांश वितरण गर्न शुरू गरेकाे छ । बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत अर्थात २५ करोड २४ लाख रुपैयाँबाट कर कट्टी गरी बाँकी रहने २३ करोड ९८ लाख रुपैयाँ लाभांश वितरण गर्न शुरू गरेकाे हाे ।
विश्वभर फैलिरहेकाे काेराेना भाइरसका कारण बैंककाे साधारणसभा स्थगित भएपछि बैंककाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट शेयरधनीलाई ३% लाभांश दिने घाेषणा गरेकाे हाे ।
यो लाभांश फागुन ३० गतेसम्म कायम रहेका शेयरधनीले मात्र पाउनेछन् । त्यसैगरी, कम्पनीले हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गराई हितग्राही खाता र बैंक खाताको विवरण बुझाउन आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै