National

नेपाल इन्भेष्टमेन्ट बैंकको सीईओमा पुनः ज्योति प्रकाश पाण्डे

nepal investment bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः ज्योति प्रकाश पाण्डे नियुक्त भएका छन् । असार ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा रहेका पाण्डेलाई थप एक कार्यकालको लागि दोहोर्याएको हो ।
पाण्डेको वर्तमान कार्यकाल असार ३० गतेदेखि सकिँदै थियो । सो कार्यकाल समाप्त भएपछि बैंकले उनलाई साउन एक गतेदेखि लागू हुने गरी अर्को कार्यकालका लागि नियुक्त गरेको हो । यससँगै उनले आगामी ४ वर्ष अर्थात २०८१ सालसम्म यस बैंकको सीईओको कार्यभार सम्हाल्ने छन् ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै