डडेलधुराको नवदुर्गा गाउँपालिकामा पुग्यो प्रभु बैंक, गाउँपालिकाका अध्यक्षद्धारा उद्घाटन

सोमबार, २८ माघ २०७५    बैंकिङ संसार सम्बाददाता



डडेलधुराको नवदुर्गा गाउँपालिकामा पुग्यो प्रभु बैंक, गाउँपालिकाका अध्यक्षद्धारा उद्घाटन

काठमाडौँ - प्रभु बैंक लिमिटेडले आफ्नो नयाँ शाखा डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं. ४ मा आइतबार (माघ २७ गते) देखि सञ्चालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टबाट एक समारोहकाबीच गरे ।

उक्त कार्यक्रममा डडेलधुरा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ डडेलधुराका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस नवदुर्गा शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध भएको बताए ।


Tags : #Prabhu Bank

प्रतिकृया दिनुहोस