National

बैंक तथा वित्तीय संस्थाहरुले दिएको नि:शुल्क अन्तर-बैंक कारोबार आजबाट बन्द !

 Banks

सारांश
  • बैंकिङ संसार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लकडाउन अवधिभर विद्युतीय कारोबार तथा एकअर्काको (अन्तर–बैंक) एटीएम बुथबाट दिएको निःशुल्क कारोबारको सुविधा आजदेखि बन्द गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले एटिएममार्फत अन्तर-बैंक कारोबार गर्दा गत चैत्र ७ गतेदेखि शुल्क छूट गर्दै आएकोमा अब लकडाउन खुकुलो भएको, आवतजावत सहज हुँदै गएको र बैंकका शाखाहरु खुलेकोले साउन १ गतेदेखि यस्तो सुविधा नदिने जनाएका हुन् ।
नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएशन नेपाल र नेपाल वित्तीय संस्था संघले वुधवार संयुक्त सूचना जारी गर्दै लकडाउन अवधिमा दिएको विद्युतीय तथा अन्तरबैंक एटीएम प्रयोग वापतको सुविधा फिर्ता लिएको हो । ग्राहकहरुलाई यसबारे थप जानकारी चाहिए आफ्नो सम्बन्धित संस्थाको शाखामा सम्पर्क गर्नसमेत संघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्