National

फर्स्ट माइक्रोफाइनान्सनको कामु सीइओमा दानराज पन्त नियुक्त, गरे यस्तो प्रतिबद्धता !

  • बैकिंङ संसार 
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिृकतमा दानराज पन्त नियुक्त भएका छन् । सीइओ भेषराज पन्थीको कार्यावधि सकिएपछि पन्त कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । अर्थशास्त्रमा स्नातकोत्तर गरेका पन्तले जिम्मेवारीसँगै संस्थालाई लघुवित्त क्षेत्रमा अझै प्रभावकारी  रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उक्त संस्थाले २०६६ साल पुस २४ गतेदेखि कारोबार थालेको हो ।  संस्थाले बचत तथा ऋण, बहुउद्देश्यीय र साना किसान सहकारी संस्थालाई दिगो लघुवित्त सेवाका लागि थोक लघुकर्जा प्रदान गरिरहेको छ । कम्पनीले ५ अर्ब २३ करोड ऋण सापटी लिएर ५ अर्व ६० करोड थोक कर्जा प्रवाह गरेको छ । संस्थाको चुक्ता पूँजी भने ८० करोड पुगेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

LOAN