लाइफ इन्स्योरेन्स कर्पोरेशनद्धारा जनकपुरमा अभिकर्ताहरु सम्मानित

आइतबार, २७ माघ २०७५    बैंकिङ संसार सम्बाददाता



लाइफ इन्स्योरेन्स कर्पोरेशनद्धारा जनकपुरमा अभिकर्ताहरु सम्मानित

काठमाडौं - एल.आई.सी. नेपालले प्रदेश नं. २ अन्तर्गतका सम्पूर्ण शाखा कार्यालय र अभिकर्ताहरुको प्रदेश स्तरीय कार्यक्रम जनकपुरमा सम्पन्न गरेको छ । कम्पनीले प्रदेश नं. २ का २३० जना उत्कृष्ट अभिकर्ताहरुलाई कार्यक्रममा सम्मानित गरेको थियो । उक्त कार्यक्रममा अभिकर्ताहरुले एल.आई.सी. नेपालका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत एल.पी. दासलाई मिथिला संस्कृति एवं परम्परा अनुसार स्वागत गरेका थिए । एक दिवसीय उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दास र कम्पनीका नायब महाप्रबन्धक अभिजित घोष दस्तिदारले सहभागीहरुलाई प्रशिक्षण प्रदान प्रदान गरेका थिए ।


Tags : #Life Insurance Corporation

प्रतिकृया दिनुहोस