National

बैंकिङ कसुर मुद्दामा फरार रहेका तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक मधुसुदन सिलवाल पक्राउ !

Siddhartha Development Bank
  • बैंकिङ संसार 
काठमाडौं । बैंकिङ कसुरमा पाँच वर्ष कैद र एक करोड ३० लाख जरिवाना तोकिएका सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालिन सञ्‍चालक मधुसुदन सिलवाल पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले आइतबार बेलुका उनलाई पक्राउ गरिएको सीआईबीका प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिएका छन् ।
प्रमुख थापाका अनुसार २०६७ मा बैंकिङ कसुर गरेर उच्च अदालत पाटनले उनलाई सजाय सुनाएको थियो । भक्तपुरको बालकोट बस्‍ने सिलवाल त्यसयता फरार भएका थिए । सिद्धार्थ डेभलपमेन्ट पछि जनता बैंकमा बिलय भएको थियो । हालै जनता बैंक ग्लोबल आइएमई बैंकमा बिलय भएको हो ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै