National

टिच फर नेपाललाई हिमालयन बैंक लिमिटेडको आर्थिक सहयोग, गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्देश्य !

Himalayan Bank
  • बैंकिङ संसार 
काठमाडौं । हिमालयन बैंक लिमिटेडले टिच फर नेपाललाई ५ लाख बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले ग्रामीण क्षेत्रका सरकारी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न उक्त सहयोग गरेको हो । साथै स्वयंसेवक शिक्षकहरुको व्यवस्था गर्नको लागि पनि सो रकम प्रदान गरेको हो ।
बैंकका उच्चपदस्थका कर्मचारीहरुको उपस्थितिमा बैंकका सिइओ अशोक शम्सेर राणाले टिच फर नेपालका सिइओ स्वस्तिका श्रेष्ठलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सिलसिलामा बैंकले उक्त रकम सो संस्थालाई प्रदान गरेको हो ।
बैंकले स्थापना कालदेखिनै अनाथालय, वृद्धाश्रम, सांस्कृत सम्पदा संरक्षण, शिक्षा, स्वास्थ, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मूलक कार्यक्रम आदिमा समय–समयमा विभिन्न किसिमका आर्थिक सहयोग तथा राहत प्रदान गर्दै आईरहेको छ ।
टिच फर नेपाल संस्था “एक दिन नेपालका सबै विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्नेछन्” भन्ने मुल मन्त्रका साथ अगाडी बढिरहेको छ । उक्त संस्थाको हालसम्म विभिन्न ७ जिल्लाका ६७ वटा विद्यालयमा २ सय ७० जना स्वयंसेवक शिक्षकहरु रहेको छ । यस्तै ३० हजार भन्दा बढी विद्यार्थीहरुलाई यस संस्थाले विज्ञान, गणित, अंग्रेजी लगायतका विषयहरु पढाइरहेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्