National

विश्व बैंकद्वारा नेपाललाई १४ अर्ब सहयोग, १ लाख बढी युवालाई रोजगार दिने लक्ष्य !

 World Bank
  • बैंकिङ संसार
काठमाडौं । विश्व बैंकले नेपाललाई १४ अर्ब रुपैयाँ सहयोग गरेको छ । बेरोजगार युवालाई रोजगारीको अवसर दिने उद्देश्यले बैंकले उक्त रकम नेपाललाई सहयोग गरेको हो । सो रकम युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामार्फत परिचालन गरिनेछ । बेरोजगार युवालाई सिप तथा क्षमता अभिवृद्धि गर्न रोजगार सृजना गर्न ल्याइएको आयोजनाको आज शुभारम्भ भएको छ ।

सारांश
प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आबद्ध गरी आगामी ४ वर्षसम्म उक्त आयोजना सञ्चालन गरिने भएको छ । सो आयोजनाको उद्घाटन रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले गरेका हुन् ।

उक्त सहयोगले रोजगारी गुमाएका र बेरोजगरीलाई रोजगारी उपलब्ध गराउनु आयोजनाको महत्त्वपूर्ण योगदान रहने श्रममन्त्री यादवले बताए । यस्तै विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले कोभिडको प्रभावलाई न्युनीकरण गर्ने र सोहि अनुरुप चालु आर्थिक बर्षमा सामाजिक र आर्थिक जोखिममा रहेका ७५ हजार विपन्न बेरोजगार युवालाई सार्वजनिक पूर्वाधारको मर्मत सम्भार तथा स्तरोन्नतीमा परिचालन गरी १ सय दिनको ज्याला उपलब्ध गराउने बताए ।

उक्त योजना नेपाल सरकार (अर्थ मन्त्रालय) र विश्व बैंकबीच नोभेम्बर २०१९ मा हस्ताक्षर भएको थियो । यस आयोजनाबाट कुल रकमको ९० प्रतिशत रकम स्थानीय तहका सार्वजनिक पूर्वाधारको मर्मत संभार तथा स्तरोन्नती गर्ने कार्य मार्फत रोजगारी सिर्जनामा खर्च गरिनेछ । यसको साथै १ लाख बेरोजगार युवालाई रोजगारी प्रदान गरिने लक्ष्य राखिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै