National

एनआईसी एशिया बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता, अब घरबाटै सञ्चय कोषको साँवा र व्याज भुक्तानी गर्न सकिने !

 Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता भएको छ । बैंकले कर्मचारी सञ्चय कोषबाट कर्जा उपभोग गरिरहेका ऋणीहरूको लागि डिजिटल माध्यमबाट साँवा र व्याज भुक्तानी गर्नका निमित्त उक्त सम्झौता गरेको हो । बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा कोषको तर्फबाट मुख्य प्रबन्धक अर्जुनकुमार गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 
बैंकले नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिइरहेका ऋणीलाई यस्तो सुविधा उपलब्ध गराइएको हो । उक्त सुविधा कोषका ऋणीहरुले नगद तथा चेक बोकेर बैंकमा नगई सिधैँ क्लियरिङ्ग हाउस पोर्टलमा लग इन गरी गभर्मेन्ट पेमेन्टमा क्लिक गरी भुक्तान गर्न सकिनेछ । 
बैंकले नेपालभर ३ सय २६ शाखा कार्यलय, ४ सय ६४ एटिएम, १ सय १ एक्स्टेन्सन काउन्टर र ६१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै