National

हिमालयन बैंकद्धारा कान्ति बाल अस्पताललाई आर्थिक सहयोग, अस्पतालमा आउने सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने उद्देश्य

 Himalayan Bank
  • बैंकिङ संसार
काठमाडौं । हिमालयन बैंकले कान्ति अस्पताललाई १ लाख ४२ हजार ९ सय ४५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकको महाराजगञ्ज शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिदैँ उक्त रकम अस्पताललाई सहयोग गरेको हो । बैंकका शाखा प्रबन्धक अभयबहादुर शाहले अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेललाई उक्त रकम हस्तान्तरण गरेका हुन् । 
बैंकले अस्पतालमा आउने सेवाग्राहीको सुबिधाको लागि अस्पताल हातामा रहेको उच्च प्रबिधियुक्त पानी प्रशोधन प्रणाली र्‍यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र यु.एफ फिल्ट्रेसनको मर्मत/संभार गर्नको लागि सो रकम प्रदान गरेको हो । उक्त कार्यक्रममा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै