बिहिबार, २४ माघ २०७५ बैंकिङ संसार सम्बाददाता
काठमाडौं - नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७९ करोड ३३ लाख ९ हजार रुपैयाँ खुद आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा बैंकले ६९.५३ प्रतिशतले नाफा बढाएको छ । गत वर्ष बैंकले ४६ करोड ७९ लाख २० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यस्तै, खुद ब्याज आम्दानी ६८.७८ प्रतिशतले बढेर १ अर्ब ३९ करोड ६५ लाख ४१ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा पनि ५८.५० प्रतिशतले बढेर १ अर्ब ५ करोड १७ लाख ५ हजार रुपैयाँ पुर्याएको छ ।
बैंकले यो त्रैमाससम्ममा आईपुग्दा ५२ अर्ब ४७ करोड १६ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५१ ऋर्ब ४० करोड ३४ लाख ५७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ३ अर्ब ५१ करोड २४ लाख ९० हजार रुपैयाँ छ । बैंकले प्रतिसेयर आम्दानी १९ रुपैयाँ ६२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ४३ पैसा रहेको छ ।