National

गरिमा विकास बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने, हेर्नुहोस् यस्तो छ खाता खोल्ने प्रक्रिया !

 Garima Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंकमा अनलाइन माध्यमबाट खाता खोल्न सकिने छ । बैंकले सेवाग्राहीहरुलाई ध्यानमा राख्दै संसारको जुनसुकै स्थानबाट पनि अनलाइन खाता खोल्न मिल्ने व्यवस्था ल्याएको हो । अब विदेशमा रहने सेवाग्राहीले पनि आफै खाता खोली आफ्नै खातामा रकम जम्मा गर्न सक्नेछन् । 

हेर्नुहोस् यस्तो छ खाता खोल्ने प्रक्रिया

सारांश
  • गरिमा विकास बैंकको वेवसाइटमा जाने त्यसपछि अनलाइन अकाउन्ट ओपनिङलाई क्लिक गर्ने । 
  • खाताको प्रकार छनोट गर्न (apply now) मा क्लिक गर्ने । उक्त स्थानमा दिइएको अनुरोध बमोजिम आफ्नो विवरण भरी कागजात अपलोड गर्ने । त्यसपछि इमेलमा आएको जानकारीको अनुसार सुविधा उपयोग गर्ने । 
बैंकका देशभर ९१ शाखा, ५१ एटीएम र गरिमा रेमिटका १० हजारभन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्