National

सानिमा बैंकले ल्यायो ग्राहकको लागि डिजिटल काउन्टर सेवा, चेकबिनै भुक्तानी लिन सकिने

 Sanima Bank
  • बैकिङ संसार
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको सुविधाको लागि डिजिटल काउन्टर संचालनमा ल्याएको छ । बैंकले साउन १३ गतेदेखि डिजिटल काउन्टर संचालनमा ल्याएको हो । बैंकका ग्राहकहरुले अब डिजिटल काउन्टरमार्फत चेकबिना नै भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । उक्त सेवा प्रयोग गर्न मोबाइल बैंकिङ एप ‘सानिमा सजिलो ई बैंकिङ’ बाट नक्साल शाखामा रहेको डिजिटल काउन्टरमा गएर क्युआर कोड स्क्यान गरी भुक्तानी प्राप्त गर्न सकिनेछ ।

सारांश
ग्राहकले चेक नै नभरी सिधै डिजिटल काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी रकम निकाल्न सकिने भएकोले उक्त सेवा छिटो र सरल रहेको बैंकले जनाएको छ । यो सेवा हाल सानिमा बैंकको प्रधान कार्यालय नक्सालबाट सुरु गरिएको छ । बैंकले समयअनुसार यो सेवामा थप सुविधाहरु समायोजन गरी विस्तार गरिने पनि जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्