National

माछापुच्छ्रे बैंक र नेपाल चिकित्सक संघबीच सम्झौता, स्वास्थ्यकर्मीहरुलाई विषेश बैंकिङ सेवा दिने उद्देश्य

 Machhapuchchhre Bank
  • बैंकिङ संसार 
काठमाडौं । माछापुच्छ्रे बैंक र नेपाल चिकित्सक संघबीच सम्झौता भएको छ । उक्त सम्झौता बैंकले संघका स्वास्थ्यकर्मीहरुलाई विशेष बैंकिङ सेवा दिने उद्देश्यले भएको हो । बैंकले संघसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका कर्मचारीहरु र संस्थाहरुलाई विशेष बैंकिङ सेवा दिने भएको छ । 
माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष कोइराला र नेपाल चिकित्सक संघका तर्फबाट डा.लोचन कार्कीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 
बैंकले उक्त संघको अफिसियल बैंकको रुपमा आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट सेवा दिने भएको छ । सघंका सदस्यहरुलाई बैंकले निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुविधाहरुमा विशेष सहुलियत प्रदान गर्ने भएको हो ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै