लक्ष्मी बैंकको नयाँ शाखा हाँडीगाउँ र पेप्सिकोलामा, कुल शाखा संख्या ९८ पुग्यो

बिहिबार, २४ माघ २०७५    बैंकिङ संसार सम्बाददाता



लक्ष्मी बैंकको नयाँ शाखा हाँडीगाउँ र पेप्सिकोलामा, कुल शाखा संख्या ९८ पुग्यो

काठमाडौं - लक्ष्मी बैंकले काठमाडौंको हाँडीगाउँ र पेप्सिकोलामा नयाँ शाखा संचालनमा ल्याएको छ । यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायी माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा ९८ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०८ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।
सन् २०१२ देखि सञ्चालनमा आएको बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ६२ शाखामार्फत विभिन्न जिल्लाहरुमा हाल कूल ३ अर्ब भन्दा माथिको लघुकर्जा सुविधा प्रदान गरेको छ ।


Tags : #Laxmi Bank

प्रतिकृया दिनुहोस