National

एनएमबि बैंक र एन–क्लाउड प्राइभेट लिमिटेडबीच सम्झौता, डिजिटल भुक्तानी संकलनमा सहज

 NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक र एन–क्लाउड प्राइभेटबीच सम्झौता भएको छ । सार्वजनिक यातायातमा डिजिटल माध्यमबाट भुक्तानी गर्ने उद्देश्यका साथ उक्त सम्झौता भएको हो । एनएमबि बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र एन–क्लाउडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेन्द्रनारायण श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 
सम्पर्क रहित कार्ड र पिओएस टर्मिनलहरूको माध्यमबाट सार्वजनिक यातायातहरूमा डिजिटल भुक्तानी संकलन प्रणाली लागु गर्ने भएको हो । यस परियोजनाको शुरुवात किपु बस सेवा प्रालिसँग हुने भएको छ । जहाँ यात्रुहरूले बस भाडा कार्डको प्रयोग गरी सम्पर्क रहित भुक्तानी गर्न सक्नेछन् । 
सामाजिक दूरी कायम गर्न मद्दत पुर्‍याउन यातायात क्षेत्रमा यस परिवेशमा प्रदान गरिएकोे पहिलो प्रयास भएको बैंकले जनाएको छ । बैंकका अनुसार परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगदबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ । बैंकले चाँडै नै अन्य बस समितिसँग समझदारी गरी समानान्तर बस भाडा संकलन प्रणालीको लागी अन्य बस अपरेटरहरूसँग पनि सहकार्य शुरू गर्ने बताएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै