सहकारीमार्फत लघुबिमा कम्पनी स्थापना गर्न सरकार तयार

आइतबार, २० माघ २०७५    Banking Sansar



सहकारीमार्फत लघुबिमा कम्पनी स्थापना गर्न सरकार तयार

काठमाडौँ - अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी संस्थामार्फत् लघुबिमा कम्पनी स्थापना गर्न सरकार तयार रहेको बताएका छन् । अर्थमन्त्री खतिवडाले उत्पादनमा जोखिम हुन नदिन सहकारी संस्थामार्फत लघुविमा कम्पनी खोलेर लघुबिमा कार्यक्रम सञ्चालन गर्न चाहे सरकार प्रोत्साहन गर्न तयार रहेको बताएका हुन् । उनले सहकारी संस्थालाई लघुबिमा कार्यक्रम सञ्चालन गर्न सरकारले आवश्यक नीति, कानुन निर्माण गरिदिने प्रतिबद्धता पनि व्यक्त गरे । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको ११ औं वार्षिक साधारण सभालाई बिहीबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री खतिवडाले पुंजी, प्रविधि र प्राकृतिक विपत्तिका कारण कृषि उत्पादनमा जोखिम हुने गरेको उल्लेख गर्दै त्यसलाई रोक्न सरकारले पशु र कृषिमा लघुबिमा कार्यक्रम सञ्चालन गरेको पनि स्मरण गराए । उनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी वस्तुहरूको उत्पादन गर्न पनि सम्बन्धित निकायलाई सचेत गराएका छन् । उत्पादन वृद्धि र प्रतिस्पर्धामार्फत बजार सुदृढीकरण गर्नुपर्ने भन्दै खतिवडाले संरक्षण खोजेर मात्रै बजार निर्माण नहुने बताए । कारोबार दैनिकबाट


प्रतिकृया दिनुहोस