National

एनआईसी एशिया बैकले ल्यायो नयाँ योजना, बुबाको मुख हेर्ने दिन उपहार किन्दा ३० प्रतिशतसम्म छुट !

 Nic Asia Bank
  • बैंकिङ संसार 
काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ योजना ल्याएको छ । बैंकले बुबाको मुख हेर्नको लागि उपहार किन्ने ग्राहकहरुलाई लक्षित गरी ३० प्रतिशतसम्म छुट दिने योजना ल्याएको हो । बैंकले आफ्नो उत्तरदायित्व बहन गर्दै आफ्ना ग्राहकहरूलाई बुबाको मुख हेर्ने दिन विभिन्न सामग्रीहरू खरिद गर्नका लागि देशका विभिन्न १४ वटा मर्चेन्टहरूसँग समझदारी गरी उक्त योजना ल्याएको हो । 
ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ, डेबिट कार्ड तथा क्रेडिट कार्डबाट रकम भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले विभिन्न इलेक्ट्रोनिक समाग्री, कपडा, केक, मिठाइ लगायतका सामग्रीहरूमा छुट पाउने बैंकले जनाएको छ । 
ग्राहकहरुले सीजी डिजिटल, एलजी लाइफस्टाइल शोप, होटल र्याडिशन, त्रिवेणी ग्रुप, एट डिग्री, केटीएम सीटी, पानासोनिक, सिद्धार्थ क्याफे, कृष्ण पाउरोटी, इको इन्फिनिटी, बियोण्ड ब्रेड, द क्रस्ट बेकरी, हाम्रो कार्ट, हटस्टोन पिज्जा र तातोमिठोसँग सामग्रीहरू खरिद गर्दा ३० प्रतिशतसम्म छुट पाउने भएको हो ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै