National

कर्णाली डेभलपमेन्ट बैंकमा पनि छिर्यो कोरोना भाइरस, कर्मचारीमा कोरोना संक्रमणपछि सेवा बन्द !

KARNALI DEV. BANK
  • बैंकिङ संसार 
कर्णाली डेभलपमेन्ट बैंक लिमिटडमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । घोराही-१५ शहिद गेट नजिकै रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटडमा कार्यरत २२ बर्षीय एक जना पुरुष कर्मचारीमा कोरोना पुष्टि भएको घोराही उपमहानगरको स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले बैंकिङ संसार डटकमलाई जानकारी गराएका छन् । कर्मचारीलाई कोरोना पुष्टि भएपछि अहिले बैंकले सेवा रोकेको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणका क्रममा घोराहीको एक बैंकका कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । 
ती कर्मचारीलाई सेवाग्राहीबाटै भाइरस सरेको हुन सक्ने अनुमान गरिएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै