National

राष्ट्रिय वाणिज्य बैंकले कमायो सबैभन्दा बढी नाफा , अन्य बैंकको नाफा कति ? (विवरणसहित)

 Rastriya Banijya Bank
  • बैंकिङ संसार 
राष्ट्रिय बाणिज्य बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । बैंकले ४ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएको हो । त्यस्तै, दोस्रो स्थानमा नाफा कमाउन नविल बैंक सफल भएको छ भने तेस्रो स्थानमा कृषि विकास बैंक रहेको छ । त्यस्तै, चौथो स्थान प्राप्त गर्न एनआइशी एसीया बैंक सफल भएको छ । ४ वटा बैंकहरुले जम्मा ५४ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका छन् । 
अघिल्लो वर्ष भने बैंकहरुको ६१ अर्ब ८४ करोड रुपैयाँ नाफा थियो  । ३ अर्ब बढी नाफा कमाउने बैंकहरुमा चारवटा मात्रै रहेका छन् । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, प्राइम कमर्शीयल बैंक, एनएमबी बैंक र सिद्धार्थ बैंकको नाफा २ अर्ब माथि रहेको छ । सिभल बैंकको नाफा सबैभन्दा कम देखिएको छ भने सेन्चुरी बैंकको नाफा पनि १ अर्ब भन्दा कम छ । 
बैंकको निक्षेप संकलन भने राम्रै देखिएको छ । त्यस्तै, वितरणयोग्य नाफा अघिल्लो वर्षको भन्दा ४१ प्रतिशतले कमी आएको छ । बैंकहरूले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बाणिज्य बैंकहरुको नाफामा कोरोनाका कारण प्रभाव परेको हो । बैंकहरुको नाफामा अघिल्लो वर्ष भन्दा यस वर्ष १२ प्रतिशतले घटेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्