National

नेपाल बङ्गलादेश बैंकले पठायो सेयरधनीको खातामा बोनस सेयर

 Nepal Bangladesh Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्ना सेयरधनीहरुको खातामा बोनस सेयर पठाएको छ । बैंकले गत पुस ७ गतेको वार्षिक साधारण सभाबाट पारित गरेको पाँच प्रतिशत बोनस सेयर सेयरधनीहरुको खातामा पठाएको हो । कम्पनीले उक्त बोनस शेयर नेप्से र सीडीएस एण्ड क्लियरिङमा दर्ता गरी अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाएको छ । 
२०७६ साल मंसिर २६ गतेसम्म सेयर अभौतिकीकरण गराएका सदस्यहरुको हितग्राही खातामा सेयर जम्मा गरिसकेको बैंकले सो मितिपश्चात सेयर अभौतिकीकरण गराएकाहरुको हकमा बोनस सेयर हितग्राही खातामा जम्मा गर्ने व्यवस्था बैंकले मिलाएको छ । 
हाल अभौतिक रुपमा कारोबार हुने व्यवस्था भएकाले भौतिक रुपमा सेयर धारण गरेर बसेका सदस्यहरुलाई छिटो भन्दा छिटो शेयर अभौतिकीकरण गराउन बैंकले आग्रह गरेको छ । साथै, बैंकले हालसम्म वितरण गरेको नगद लाभांश प्राप्त गर्न आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन समेत आग्रह गरेको छ । बैंकको  बिक्री प्रबन्धकमा नेपाल बङ्गलादेश क्यापिटल लिमिटेड रहेको छ । 

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्