National

एनआइसी एशिया बैंकमा पनि भेटियो कोरोना, हाकिमलाई घर-घर पुर्याउने सवारी चालकलाई संक्रमण पुष्टी !

 Nic Asia Bank
  • बैंकिङ संसार 
बिर्तामोड । एनआइसी एशिया बैंकको बिराटनगरस्थित प्रादेशिक कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । उनी सवारी चलाकको रुपमा अबैंकका जागिरे थिए । बैंकको विराटनगरस्थित प्रदेश कार्यालयबाट हाकिमलाई घर पुर्याउने क्रममा बिर्तामोड पुगेर परिक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखिएको हो । 
बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार बिर्तामोडमा बैंकमा तथा वित्तीय संस्थाका कर्मचारीको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो र सोहि परिक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टी भएको हो ।
हालको उनको स्वास्थ्य अवस्था सामान्य छ । बैंकको प्रादेशिक कार्यालय भने सिल गरिएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्