National

काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी, बैंक तथा वित्तीय संस्था भने खुल्ने, विद्युतीय माध्यमबाट सेवा दिन जोड

BFIS
  • बैंकिङ संसार
काठमाडौं । काठमाडौं उपत्यकामा ३ गते राती १२ बजेदेखि निषेधाज्ञा जारी भएको छ । यद्यपी निषेधाज्ञा जारी भएपनि बैंक तथा वित्तीय संस्थाहरु भने सो समयमा पनि खुल्ने भएका छन्। 
निषेधाज्ञा जारीसम्बन्धि सूचनामा बैंक तथा वित्तीय संस्थाको हकमा मर्चुअल तथा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने र सम्भव नभएमा न्यूनतम कर्मचारी बोलाएर सेवा दिन उर्दी जारी गरिएको छ ।
सोमबार मात्र नेपाल बैकर्स संघले अत्यावश्यक नपरेसम्म बैंक तथा वित्तीय संस्थामा नआउनको लागि अनुरोध गरेको थियो ।
बैंक अत्यावश्यक सेवा भएकाले निषेधाज्ञा जारी भएका बेलामा पनि सेवा बन्द नगरिएको हो।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै