National

माछापुच्छ्रे बैंक र नेपाल बार एसोसिएसनबीच सम्झौता, एसोसिएसनका सदस्यहरुलाई बैंकिङ सेवा दिने

 Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंक र नेपाल बार एसोसिएसनबीच सम्झौता भएको छ । बैंकले एसोसिएसनसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका कानून व्यवसायी तथा संस्थाहरुलाई बिशेष बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । 
माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष कोइराला र नेपाल बार एसोसिएसनका तर्फबाट महासचिव लिलामणी पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 
अब एसोसिएसनका सदस्यहरुले बैंकका सम्पूर्ण शाखाहरु मार्फत निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ सेवाहरुमा बिशेष सहुलियत र प्राथमिकता प्राप्त गर्न सक्नेछन् ।
बैंकले स्थापना कालदेखि नै ग्राहकहरुलाई आधुनिक सेवा प्रदान गर्दै आएको छ । बैंकले हाल नेपालभर १ सय ५९ वटा शाखा, १ सय ३४ वटा शाखारहित बैंकिङ सेवा, १ सय ९८ वटा एटिएम र १ हजार भन्दा बढी पिओएसबाट आफ्ना ग्राहकहरुलाई अत्याधुनिक सेवा दिँदै आइरहेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै