निक्षेप र कर्जा बढाएको लक्ष्मी बैंकको खुद नाफा ६७ करोड २१ लाख १३ हजार, प्रतिसेयर आम्दानी कति ?

बिहिबार, १७ माघ २०७५    बैंकिङ संसार सम्बाददाता



निक्षेप र कर्जा बढाएको लक्ष्मी बैंकको खुद नाफा ६७ करोड २१ लाख १३ हजार, प्रतिसेयर आम्दानी कति  ?

काठमाडौं - लक्ष्मी बैंंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २९.४३ प्रतिशतले वृद्धि गरी ६७ करोड २१ लाख १३ हजार रुपैयाँ आर्जन गरेको छ । गर्त वर्ष सोही अवधिमा बैंकले ५१ करोड ९२ लाख ७० हजार रुपैयाँ  र मात्र खुद नाफा आर्जन गरेको थियो । 
 
यस्तै, बैंकले खुद ब्याज आम्दानी ४१.४९ प्रतिशतले वृद्धि गरी १ अर्ब ४५ करोड ४३ लाख ३१ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा पनि ८१ करोड ६२ लाख रुपैयाँबाट वृद्धि गरी १ अर्ब ७ करोड ८३ लाख २२ हजार रुपैयाँ पुर्याएको छ ।  

७५ अर्ब ८९ करोड ४५ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरी बैंकले ७० अर्ब ५७ करोड १२ लाख ५१ हजार रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ रहेको छ । बैंकको रिजर्भ कोषमा पनि  ४८.५३ प्रतिशतले वृद्धि गरी ४ अर्ब ४४ करोड ६१ लाख ३७ हजार रुपैयाँ पुर्र्याएको छ । 

बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६१ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ भने १५४ रुपैयाँ ८ पैसा रहेको छ ।


Tags : #Laxmi Bank

प्रतिकृया दिनुहोस