National

ग्लोबल आइएमई बैंकले गर्यो ट्राफिक प्रहरीलाई ट्राफिक संकेत बोर्ड हस्तान्तरण

 Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीलाई जनचेतना मुलक ट्राफिक संकेत बोर्ड हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग ट्राफिक प्रहरीलाई गरेको हो ।
एक कार्यक्रम अन्तर्गत बैंकका शाखाका प्रबन्धक रविनराज दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायव निरीक्षक होम प्रसाद खनाललाई जनचेतना मुलक ट्राफिक संकेत बोर्ड हस्तान्तरण गरेका हुन् । 
बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्येनजर गर्दै विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता  दिदैँ आएको छ । यसका साथै बैंकले आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता  दिदैँ जाने प्रतिबद्धता जनाएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै