National

एनआईसी एशिया बैंकले १ सय १४ शाखामार्फत सेवा दिदैँ, अन्य बैंकले कहाँ-कहाँ शाखा खोले ? (सूचीसहित)

 Banks
  • बैंकिङ संसार
काठमाडौं । निषेधाज्ञाको अवधिमा पनि विभिन्न बैंकले देशका विभिन्न शाखाहरुमार्फत सेवा दिने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकारले लिएको निर्णयलाई पालना गर्दै बैंकहरुले देशभर रहेका आफ्ना शाखामार्फत आलोपालो प्रणालीबाट सेवा दिने भएको हो । 
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले एक सुचना जारी गर्दै उपत्यकाभित्रका ६ वटा शाखामार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिने जनाएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर आलोपालो प्रणालीबाट उक्त सेवा दिएको हो । 
एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले आफ्ना देशभर रहेको शाखाहरुमध्ये १ सय १४ शाखामार्फत सेवा दिने भएको छ । बैंकले प्रदेश न. १ मा २८ वटा बैंकिङ शाखा र ५ वटा विस्तारित काउन्टरबाट सेवा दिने भएको हो । त्यसैगरी प्रदेश न. २ मा १४ वटा बैंकको शाखाबाट सेवा दिने भएको छ भने वाग्मती प्रदेशमा १५ वटा बैंकको शाखाबाट सेवा दिने भएको छ । 
त्यस्तै, गण्डकी प्रदेशमा ६ वटा बैंकको शाखा र ३ वटा विस्तारित काउन्टरमार्फत सेवा दिने भएको छ । यस्तै, प्रदेश न. ५ मा भने २० वटा बैंक शाखा र ३ वटा विस्तारित काउन्टरबाट सेवा दिने भएको छ भने ७ वटा बैंक शाखा र १ वटा विस्तारित काउन्टर भने त्यहाँका स्थानिय सरकारले तोकेको समयमा खुल्ला रहने बैंकले जनाएको छ ।
कर्णाली प्रदेशमा भने बैंकले ४ वटा शाखामार्फत सेवा दिने भएको छ । त्यस्तै, सुदुरपश्चिम प्रदेशमा १० वटा बैंकको शाखा र ३ वटा विस्तारित काउन्टरबाट सेवा दिने बैंकले जनाएको छ । 
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले देशका ७ वटा प्रदेशमा रहेको शाखाहरुमध्ये ७० वटा शाखाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले प्रदेश न.१ बाट २४ वटा शाखामार्फत सेवा दिने भएको छ । प्रदेश न. २ बाट ११ वटा शाखामार्फत सेवा प्रदान गर्ने भएको छ भने वाग्मती प्रदेशबाट ७ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ ।
त्यस्तै, गण्डकी प्रदेशबाट ६ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ । यस्तै, प्रदेश न.५ मा भने ८ वटा बैंकको शाखा खुल्ला हुने भएको छ । यसैगरी कर्णाली प्रदेशमा बैंकको ३ वटा बैक शाखा खुल्ला हुने भएको छ भने सुदुरपश्चिम प्रदेशमा बैंकको ११ वटा शाखा खुल्ने भएको छ । 
एभरेष्ट बैंक
एभरेष्ट बैंकले काठमाडौं उपत्यकाभित्रबाट ५ जटा बैंकको शाखा र २ वटा राजस्व संकलनमार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर आलोपालो प्रणालीबाट उक्त सेवा दिएको हो । यस बैंकको वाग्मती प्रदेश बाहेकका अन्य प्रदेशहरुमा स्थानिय सरकारले अनुमति दिए अनुसार बैंक शाखा खुल्नेछन् ।
सिभिल बैंक
सिभिल बैंकले देशका ७ वटा प्रदेशमा रहेको शाखाहरुमध्ये ४९ वटा शाखाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले प्रदेश न.१ बाट ११ वटा शाखामार्फत सेवा दिने भएको छ । प्रदेश न. २ बाट ७ वटा शाखामार्फत सेवा प्रदान गर्ने भएको छ भने वाग्मती प्रदेशबाट पनि ७ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ । 
त्यस्तै, गण्डकी प्रदेशबाट ६ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ । यस्तै, प्रदेश न.५ मा भने १० वटा बैंकको शाखा खुल्ला हुने भएको छ । यसैगरी कर्णाली प्रदेशमा बैंकको ३ वटा बैंक शाखा खुल्ला हुने भएको छ भने सुदुरपश्चिम प्रदेशमा बैंकको ५ वटा शाखा खुल्ने भएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्