National

ग्लोबल आइएमई बैंकले ल्यायो नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

 Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले पर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
बैंकले आफ्नो ४२औँ एक्सटेन्सन काउन्टर पर्वतको कुश्मामा सञ्चालन गरेको छ  । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन को. ले. नि. का. पर्वतका प्रमुख नवराज सापकोटाले गरेका हुन् । बैंकले पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ५ मा रहेको मालपोत कार्यालय परिसरमा उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । 
कोरोना महामारीको यस्तो अवस्थामा पनि सेवाग्राहीको आवश्कतालाई र विस्तारित बैंकिङ सेवालाई ध्यानमा राख्दै एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । त्यस्तै, बैंकले मालपोत कार्यालय अन्तर्गतका सेवाग्राहीलगायत अन्य ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले पनि उक्त एक्सटेन्सन काउन्टर सञ्चालन गरेको पनि बैंकले जनाएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै