National

एभरेष्ट बैंक र सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्रीबीच सम्झौता, ल्याबोरेट्रीले दिने सेवामा १० प्रतिशत छुट

 Everest Bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंकले सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्रीसँग सम्झौता गरेको छ । बैंकले आफ्नो ग्राहकहरुलाई आरटी पीसीआर परीक्षण गर्दा छुट दिलाउनको लागि उक्त सम्झौता गरेको हो । एभरेष्ट बैंकका डेबिट कार्ड र क्रेडिट कार्ड होल्डर ग्राहकहरुले सी.डी.एलबाट आरटी पीसीआर परीक्षण गर्दा सरकारी दर अनुसार लाग्ने ५ हजार ५ सय रुपैयाँमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । उक्त सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्री कमलपोखरीमा रहेको छ ।
कोरोना महामारीको कठीन समयमा ग्राहकहरुको सहजताको लागि एभरेष्ट बैंकले आरटी पीसीआर परीक्षणमा छुटको व्यवस्था गरेको हो । एभरेष्ट बैंकका नायब महाप्रबन्धक डा.सन्धीर कुमार र सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्री प्रयोगशालाका कार्यकारी निर्देशक मनीष पोखरेलको उपस्थितिमा उक्त सम्झौता भएको हो ।
नगद करोबारमा पनि कोरोनाको महामारीको जोखिम भएको हुँदा, ग्राहकहरुले ईबीएल मोबाईल बैंकिङ, एप- ईबीएल टच २४० प्रयोग गरेर पनि आरटी पीसीआर परीक्षण शुल्क भुक्तानी गर्न सक्नेछन् ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्