National

ग्लोबल आइएमइ बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Global IME Bank
  • बैंकिङ संसार 
काठमाडौं । ग्लोबल आइएमइ बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको  छ । बैंकको केन्द्रिय कार्यलयमा कार्यरत १ जना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । ती कर्मचारीको शुक्रबार कोरोना पोजेटिभ आएको हो । 
कोरोना संक्रमण भेटिएसँगै बैंकको उक्त शाखा बन्द गरिएको छ । संक्रमित कर्मचारीलाई आईसोलेसनमा राखिएको छ भने बिरामी कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ पनि भईरहेको  छ । 
साथै बैंकका अन्य कर्मचारीहरुलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ । अहिले संक्रमित कर्मचारीको स्वास्थ्यस्थिति भने सामान्य रहेको छ । यसरी दिन प्रतिदिन बैंकका कर्मचारीमा कोरोना संक्रमण हुने क्रम जारी छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै