National

एउटा बैंकको एटीएम कार्ड अर्को बैंकमा निःशूल्क प्रयोग गर्न सकिने

 Banks
  • बैंकिङ संसार
काठमाडौं । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकमा निःशूल्क प्रयोग गर्न सकिने व्यवस्था भएको छ । केन्द्रिय बैंकले आइतबार (भाद्र १४) भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका २०७७ जारी गर्दै उक्त व्यवस्था गरेको हो ।
यस अगाडि लकडाउनको समयमा बैंकहरुले अन्तरबैंक एटिएम प्रयोग गर्दा शुल्क नलिएपनि लकडाउन खुलेसँगै बैंकहरुले अन्तरबैंक एटिएम प्रयोग गर्दा शुल्क लिने गरेका थिए । 
तर अब बैंक तथा वित्तीय संस्थाहरुले कोरोना सकिएपछि पनि अन्तरबैंक एटिएम प्रयोग गर्दा ग्राहकहरुबाट कुनै पनि शुल्क नलिने भएका छन् । यसको साथै बैंकले प्राकृतिक व्यक्तिको नाममा एउटै प्रकारको एक भन्दा बढी डेबिट कार्ड तथा क्रेडिट कार्ड जारी गर्न पाउने छैनन् । 
त्यस्तै, बैंकले कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगाडि नै सूचना ग्राहकलाई एसएमएसमार्फत दिनुपर्ने र कार्ड नवीकरण शुल्कको बारेमा समेत जानकारी गराउनुपर्ने भएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै