स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिरभन घोष दस्तिदार नियुक्त, बैंकिङ क्षेत्रमा २५ वर्षको अनुभव

मङ्गलबार, ०८ माघ २०७५    बैंकिङ संसार सम्बाददाता



स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिरभन घोष दस्तिदार नियुक्त, बैंकिङ क्षेत्रमा २५ वर्षको अनुभव

काठमाडौँ - स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ)का रुपमा अनिरभन घोष दस्तिदार नियुक्त भएका छन् । बैंकिङ क्षेत्रका २५ वर्षको अनुभव भएका भारतीय नागरिक तस्तिदारलाई बैंकको सञ्चालक समितिको माघ ७ गते बसेको बैठकले सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । ब्रुनाईका प्रमुख कार्यकारी रहेका दस्तिदारलाई चार्टर्ड नेपालको सिइओ नियुक्त गर्ने निर्णय गरिएको हो ।

जोसेफ सिल्भानुसलाई चार्टर्ड समूहले फिर्ता बोलाएपछि नयाँ सिइओ नियुक्त गरिएको हो । नयाँ सिइओको कार्यकाल फेब्रुअरी १५ देखि शुरु हुने कम्पनी सचिव बिमल सिंहले जनाएका छन् ।


Tags : #Standard Chartered Bank

प्रतिकृया दिनुहोस