National

एभरेष्ट बैंकद्वारा ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन अनुरोध

 Everest Bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले पुर्नकर्जा कार्यविधिअनुसार सुविधा प्राप्त गर्न योग्य ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो । ऋणीहरुले आवेदन दिनको लागि सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने आग्रह पनि बैंकले गरेको छ । 
बैंकले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७’ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो । 
ग्राहकहरुले नजिकै रहेको बैंकको शाखाबाट आवश्यक कागजातहरुसहित आवेदन भर्न सक्नेछन् । उक्त आवेदन भने ग्राहकहरुले आउँदो भदौ ३१ गतेसम्म मात्र दिन पाउनेछन् ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्