National

सिटिजन्स बैंकसहित थप २ वटा बैंकले पिलुवा खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्ने

Banks
  • बैंकिङ संसार 
काठमाडौं । सिटिजन्स बैंकसहित थप २ वटा बैंकले पिलुवा खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्ने भएका छन् । संखुवासभाको धर्मदेवी र चैनपुर नगरपालिकास्थित डाउन पिलुवा खोला जलविद्युत आयोजनाको निर्माणका लागि सिटिजन्स बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकले कर्जा लगानी गर्ने भएका हुन् । डाउन पिलुवा खोला जलविद्युत आयोजना रिभर फल्स् पावर लिमिटेडद्वारा सञ्चालित छ ।
उक्त जलविद्युत आयोजनाको अनुमानित लागत करिब १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ रहेको छ । जसमा सिटिजन्स बैंकको रु ६५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको रु.४२ करोड र प्रभु बैंकको रु. २५ करोड गरी कुल १ अर्ब ३२ करोड रुपैयाँ बराबरको ऋण लगानी हुनेछ । प्रर्वद्धकले भने थप ३० प्रतिशत स्वपुँजी लगानी गर्नेछन् ।
यस आयोजना २.५ वर्षभित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउने लक्ष्य कम्पनीले राखेको छ । निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको चैनपुरको वानेश्वरस्थित सवस्टेसनमा जोडिने रिभर फल्स् पावर लिमिटेडले जनाएको छ । यस आयोजनाबाट वार्षिक ५७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुने र हिउँदमा ५० गिगावाट घन्टा र वर्खामा ७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुने पनि कम्पनीले जनाएको छ । 
सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कोरोना भाइरसका कारण सिर्जित कठीन समयमा परियोजनाको वित्तीय व्यवस्थापन समापन गर्नु ठूलो उपलब्धि रहेको बताए । यस्तै सहभागी सबै बैंकहरुलाई धन्यवाद व्यक्त गर्नुका साथै प्रवर्धकहरुलाई थप उत्साहका साथ कार्य अगाडि बढाउन अनुरोध समेत गरेका छन् । 
त्यस्तै कम्पनीको कार्यकारी निर्देशक सुभाष अमात्यले पनि सबै बैंकहरुलाई विशेष धन्यवाद दिदैं उक्त परियोजना समयमै निर्माण सम्पन्न गरी संचालनमा ल्याउने विश्वास व्यक्त गरे ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै