National

नेपाल राष्ट्र बैंकद्धारा बालुवाटार कार्यालय परिसरको शौचालय मर्मत सम्भार

 Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बालुवाटार कार्यालय परिसरको शौचालयहरु मर्मत सम्भार गर्ने भएको छ । बैंकले कार्यालय परिसरको ब्लक ए र ब्लक बि मा रहेका शौचालयहरुको मर्मत सम्भार गर्ने भएको हो । बैंकले उक्त कार्यालयका शौचालयहरु डेढ करोड बढी खर्चेर र्मतत सम्भार गर्ने लागेको जनाएको छ । 
ड्रयागन बिजी कन्स्ट्रक्सनले उक्त कार्यका लागि ठेक्का लिएको छ । उक्त कन्स्ट्रक्सनले शौचालयको मर्मत सम्भारका लागि १ करोड ७८ लाख ५ हजार ७ सय ८५ रुपैयाँ ९४ पैसामा ठेक्का लिएको बैंकले जनाएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्