National

महालक्ष्मी विकास बैंक र डाक्टर अन कल प्रा. लि.बीच सम्झौता, ग्राहकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने

 Mahalaxmi Bikas Bank
  • बैंकिङ संसार 
काठमाडौं । महालक्ष्मी विकास बैंक र डाक्टर अन कल प्रा. लि.बीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त सम्झौता गरेको हो ।
महालक्ष्मी विकास बैंक तर्फबाट कुमारीपाटी शाखाका प्रमुख अनिष सिंह सिजापती र डाक्टर अन कल प्रा. लिका तर्फबाट प्रबन्ध निर्देशक डा. सुमन न्यौपानेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । अब बैंकका ग्राहक, कर्मचारीलगायत बैंकका संस्थापक, सेयरधनीहरुले डाक्टर अन कल मार्फत घरमै उपचार गराउन सक्नेछन् । त्यस्तै यसरी उपचार गराउँदा सेवा शुल्कमा छुट पनि पाउने भएका छन् ।
बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक र सेयरधनीहरु साथै कर्मचारीहरुले डाक्टर सेवामा अधिकतम ३० प्रतिशत, फिजियोथेरापीमा अधिकतम ३० प्रतिशत, नर्स केयर सेवामा अधिकतम २० प्रतिशत, ल्याव टेष्टमा अधिकतम २० प्रतिशत, डाईटिसियन सेवामा अधिकतम ३० प्रतिशत, ड्रेसिङ तथा इन्जेक्सन सेवामा अधिकतम १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै डाक्टरसँग अनलाइन कनसल्ट, औषधी तथा मेडिकल उपकरणहरुको डेलिभरी सेवा पनि निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् ।
बैंकले देशभरी १ सय २ वटा शाखाहरुमार्फत आफ्ना सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आगामी दिनहरुमा पनि उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्